नियम १३
प्रस्ताव आह्वान गर्ने
  (१) कोषले आफ्नो उद्देश्य हासिल हुने प्रकृतिका योजना छनौट गरी कोषसँगको सहकार्यमा वा आफैं सञ्चालन गर्ने गरी प्रस्ताव पेश गर्न इच्छुक स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनलाई प्रस्ताव आह्वान गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव आह्वान भएकोमा त्यस्तो योजना सञ्चालन गर्न चाहने स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनले कोषले निर्धारण गरे बमोजिमको ढाँचामा सचिवालयमा प्रस्ताव पेश गर्न सक्नेछन् ।
(३) उपनियम (२) बमोजिमको निवेदनकासाथ आफूले सञ्चालन गर्न चाहेको योजनाको उद्देश्य, उक्त योजना सञ्चालनको लागि आवश्यक पर्ने बजेट, समयावधि, योजना सम्पन्न गर्दा हुने उपलब्धि सहितको विस्तृत आर्थिक तथा प्राविधिक प्रस्ताव तथा कोषले समय समयमा तोकि दिएका कुराहरु संलग्न गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम प्राप्त प्रस्ताव जाँचबुझ गर्दा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न उपयुक्त देखिएमा समितिले सिफारिस समितिको सिफारिसमा त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्न सक्नेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कोषको उद्देश्य हासिल हुने प्रकृतिको कुनै योजना आफैं वा कोषसँगको सहकार्यमा सञ्चालन गर्न कुनै स्थानीय निकाय, स्वयंसेवा संस्था वा सामुदाियक सङ्गठनले चाहेमा आफूले सञ्चालन गर्न चाहेको योजनाको उद्देश्य, उक्त योजना सञ्चालनको लागि आवश्यक पर्ने बजेट, समयावधि, योजना सम्पन्न गर्दा हुने उपलब्धि सहितको विस्तृत आर्थिक तथा प्राविधिक प्रस्ताव तथा कोषले समय समयमा तोकिदिएका कुराहरु संलग्न गरी सचिवालय समक्ष प्रस्ताव पेश गर्न सक्नेछ ।
(६) उपनियम (५) बमाजिमको प्रस्ताव प्राप्त भएमा सो सम्बन्धमा अध्ययन गरी सिफारिस समितिको सिफारिस समेतका आधारमा समितिले त्यस्तो योजना सञ्चालन गर्न सम्बन्धित प्रस्तावकलाई स्वीकृति प्रदान गर्न सक्नेछ ।
(७) यस नियम बमोजिम प्रस्ताव स्वीकृत भएपछि समितिले तोकेको ढाँचामा कोषले प्रस्तावक स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक
सङ्गठनसँग सम्झौता गर्नु पर्नेछ ।